कृपा भण्डारी
पोखरा, २३ पौष/राज्यका हरेक तह र तप्काको निर्णायक तहमा महिलाहरुको सहभागिता न्युन रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । क्रियाशिल महिला पत्रकार समुह कास्कीले आज पोखरामा आयोजना गरेको “निर्णायक तहमा महिला सहभागिता ” विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने अधिकाँश बतmाहरुले निर्णायक तहमा महिलाको पहुँच बढाउन र महिला केन्द्रित योजनाहरु तर्जुमा गर्न सवैले चासो दिनुपर्ने कुरामा जोड दिएका हुन् । कार्यक्रममा महिला सभासद सिता गिरिले महिलाका हक अधिकार का बारेमा विगतको अध्यादेशमा भए गरेका छलफलमा केन्द्रित रही नयाँ योजना सहितका कार्यक्रम लागु गर्न आफु प्रतिबद्ध रहेको बताईन् । अर्का सभासद् शारदा पौडेल ले महिलाका पक्षमा आफुले पहिलेबाट नै वकालत गर्दे आएको बताउदै शर्माले आवाश्यक परेमा महिलाका हक अधिकार दिलाउन संविधानसभामै पनि आन्दोलन गरिने चेतावनी दिईन् । अधिबतm सरला कुमारी पाण्डेले महिला मुतिmका लागि नेपालमा उल्लेख्य कानुन बनेपनि कानुनको कार्यान्वयन नभईदिदा महिलाहरु थप शोषणमा बाँच्नुपरेको प्रष्ट्याईन ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारीले निर्णायक तहमा पुग्नु मात्र ठुलो कुरा नभएको भन्दै निति कार्यान्वयन गर्न र निर्णयक तहमा स्थिरताको वातावरण बनाउन महिला अग्रसर हुनुपर्ने कुरामा जोड दिईन् । क्रियाशिल महिला पत्रकार समुह कास्कीका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, ईन्सेकका कार्यक्रम संयोजक शवनम शर्मा, मानवअधिकार आयोगका मोहन वाग्ले , अधिकारकर्मी चमेली परियार, सरु अधिकारी, शुलोचना शर्मा, केशु गुरुङ, गिता विष्ट, विमला भण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन समुहका महासचिव सरिता तिमिल्सिनाले गरेकी थिइन् भने स्वागत मन्तब्य उपाध्यक्ष ईश्वरी पौडेलले राखेकी थिइन् ।