प्रधानमन्त्री बन्न कोइराला दाहाललाई गुहार्दै

पोखरा, २३ पौष /ठुलो पार्टि बने पछि नेपाली काग्रेस सरकार निमार्णका लागी अगाडी बढिरहेको छ । सरकार निमार्णका लागी कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ वार्ता भएको छ। कोइराला पार्टीका नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग भेट गरेपछि दाहाल निवास लाजिम्पाट गएका थिए।कोइरालाले देउवा र पौडेललाई आफ्नै निवासमा भेटेका थिए। राष्ट्रपतिको निर्वाचन र संविधानसभा बैठक आह्वान गर्ने विषयलाई लिएर दोस्रो ठूलो दल एमालेसँग कांग्रेसको मतभेद बढिरहेको सन्दर्भमा कोइरालाले दाहालसँग गरेको भेटलाई आफ्नो नेतृत्वमा सरकार निर्माणको पहलका रूपमा हेरिएको खबर आजको अन्नपूर्णमा छ।

कांग्रेस एक नेताका अनुसार कोइरालाले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न देउवा र पौडेलसँग कुराकानी गरेका हुन्। ुउहाँले यसरी अलग्गै भेटेर कुरा गर्नुको अर्थ सहयोगका लागि होु, ती नेताले भने। स्रोतका अनुसार प्रधानमन्त्री बन्न सहयोगका लागि पार्टीका दुई शीर्ष नेतालाई आग्रह गरेपछि कोइराला दाहाललाई भेट्न गएका थिए। कोइरालाले पहिले देउवा र त्यसपछि पौडेलसँग छलफल गरेका थिए। देउवाले यसबारे पछि जबाफ दिने बताएको स्रोतको दाबी छ।

दाहाल निवासमा भएको वार्तामा एमाले९एमाओवादी वार्ता, अब बन्ने सरकारमा सहभागिता, सरकारको नेतृत्व, संविधानसभा बैठक बोलाउने विवाद समाधान र संविधान निर्माण नहुँदासम्म राष्ट्रपति निर्वाचन गर्ने वा नगर्ने सम्बन्धमा छलफल भएको स्रोतले बतायो।

कमेन्टहरु
Loading...