पर्यटन मजदुर क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरा, २२ पुस /अखिल नेपाल पर्यटन मजदुर संघ, कास्कीको आयोजनामा यहि पुस २१ र २२ गते पर्यटन मजदुर क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, टे«किङ एजेन्सीज एशोसीयसन अफ नेपाल (टान) को प्रायोजन र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को सह–प्रायोजनमा तालिम सञ्चालन गरिएको हो । १२० जना पर्यटन मजदुरहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक लक्ष्मण श्रेष्ठले नेपालको धर्म र सँस्कृतिबारे, पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटाले पर्यटन सम्बन्धि, एक्यापका पर्यटन इञ्चार्ज नरेन्द्र लामाले वातावरण र संरक्षण, अखिल नेपाल टे«ड युनियन महासंघका तमुवान संयोजक खगेन्द्र काफ्लेले श्रम र श्रमिकको हक अधिकार र आकाश गौतम र विशाल गौतमले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणबाट मजदुरहरु अत्यन्तै लाभान्वित भएको समापन कार्यक्रममा पर्यटन वोर्डका पुर्व कार्यकारी सदस्य अग्नि कँडेलले बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।संघका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन सचिव काजीमान राई र स्वागत कोषाध्यक्ष शिव राईले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...