दोश्रो मिलेनियम ट्रेक सांस्कृतिक महोत्सव हुने

हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने मूल नाराका स्याङ्गजाको कोल्मामा दोश्रो मिलेनियम ट्रेक सांस्कृतिक महोत्सव हुने भएको छ । मिलेनियम ट्रेकमार्ग र वरपर रहेका विविध लोक संस्कृतिहरुको संरक्षण विकास तथा प्रवद्र्धन, हस्तकला सम्बन्धि सिप र व्यवसायको प्रबद्र्धन, स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रबद्र्धनका साथै उद्यमी तथा व्यवसायीहरुको प्रोत्साहन, मिलेनियक पदयात्रा मार्गबारे जनचेतना अभिवृद्धि गर्ने लगायत उद्देश्य राखेर हुने महोत्सव माघको २७ देखि २९ गतेसम्म हुने महोत्सव मूल आयोजक समितिका संयोजक डम्बर बहादुर केसिले आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारि दिनुभयो । २० देखि २५ वटा सम्म स्टल रहने र महोत्सवमा मिलेनियम ट्रेक अन्तर्गतका गा.वि.स स्तरीय दोहारि गीत प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, गाविस स्तरीय रस्साकसी प्रतियोगिता, भेषभुषा प्रदर्शन, घैटो फुटाउने प्रतियोगिता, सोपाक टाक्रे खेलको परिचयात्मक प्रदर्शन, एक रात दूइ दिन र दुई रात ३ दिनको महोत्सव प्याकेज महोेत्वसका मूल आकर्षण रहेको केसिले बताउनुभयो । मिलेनियम ट्रेक व्यवस्थापन समिति पोखराको आयोजनामा हुन लागेको महोत्सवमा गुरुङ्ग घर तथा मगर घर खानाका परिकार सहित, उपभोग्य वस्तु बिक्रि कक्ष, प्राथमिक उपचार केन्द्र, विभिन्न व्यापारिक सामाग्रीका बिक्रि कक्ष, घरेलु तथा हस्तकला सम्बन्धि प्रदर्शनी तथा बिक्रि कक्ष महोत्सवका स्टलका रुपमा रहनेछन् । महोत्सव सम्पन्न गर्न १५ लाख ४५ हजार ५०० रुपैया खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

कमेन्टहरु
Loading...