कांग्रेसको नेतृत्वमा सरकार बनाउन हुँदैन बनाए म विरोध गर्छु : लालबाबु पण्डित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले नेकपाले काँग्रेससँग मिलेर सरकार बनाए आफुले विरोध गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा बिहीबार लेख्दै पण्डितले नेतृत्वले यस्तो गरे आफ्नो विरोध रहने भन्दै नेतृत्वलाई बेलैमा जानकारी गराएको बताए। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान नहुने भन्दै यसले जनमतको अपमान हुने पण्डितले बताएका छन् । नेकपामा कठिन अवस्था भए पनि एकताको सम्भावना समाप्त नभएको उनको जिकिर छ ।

उनले लेखेका छन्,‘यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस ।मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।’

कमेन्टहरु
Loading...