पोखरालाई शान्त पोखरा बनाउने प्रयासमा हुने छु– रिजाल

पोखरा, २२ पुस /एघार महिना अगाडी कास्कीमा प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक केदार रिजाल कास्कीबाट सरुवा भै प्रहरी मुख्यालय नक्साल जाने भएका छन् । सरुवा भै जान लागेका एसपी रिजाललाई सोमबार रेवान पोखराले एक समारोहका विच विदाई ग¥यो ।

विदाई समारोहमा बोल्दै रिजालले आँफु जागिरको शिलशिलामा देशका धेरै स्थानहरुमा पुगेपनि पोखरेलीहरुको जस्तो माया, ममता,सद्भाव र सहकार्य नपाएको बताए । ‘हिजो जस्तै लाग्थ्यो म आएको तर जाने बेला पनि भै सकेछ’ उनले भने– पोखरामा समय वितेको पत्तै भएन ।’

पोखरेलीहरुबाट पाएको सकारात्मक सहकार्यलेनै आफ्नों कार्यकाल सफल भएको उनले दावी गरे । आफ्नों कार्यकालमा जलकुम्भि अपरेशन मार्फत गुण्डागर्दि नियन्त्रण, पोखराको फुटपाथ व्यवस्थापन, शान्तिपूर्वक निर्वाचन सम्पन्न लगाएतका कार्यहरु कुशलरुपमा भएको उनले बताए । साथै उनले आगामी दिनहरुमा पनि पोखरेली र प्रहरीविचको सम्वन्ध सुमधुर रहोस् भनि शुभ–कामना व्यक्त गरे ।

उनले हेडक्वाटर पुगेपछिपनि हाम्रो र राम्रो पोखरालाई शान्त पोखरा बनाउन केन्द्रिय तहबाटैपनि पहल गरिरहने प्रतिवद्धता समेत जाहेर गरे । पर्यटकिय क्षेत्र लेकसाइडमा सिसिटीभि र सडक लाइट जडान कार्यले सफलता पाए लेकसाइड अझै सुरक्षित बन्ने उनले बताए ।

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले एसपी रिजाल एक कुशल प्रहरी अफिसरका रुपमा पाएको बताए । रिजाल पोखरा आएपछिको पहिलो भेट संस्मरण गर्दै भट्टराईले पहिलो भेटमै उहाँको योजना बुझ्न गाह्रो नपरेको सुनाए ।

त्यस्तै, रेवान पोखराका सल्लाहकार समेत रहेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराईले अब कास्कीमा आउने प्रहरी प्रमुखले पनि यहाँको शान्ति सुरक्षामा जोडदिनुपर्नै औल्याए । पोखरा शान्त छ भन्ने शन्देश जान सकेमात्रै यहाँको पर्यटन विकास हुने उनको भनाई थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले एसपी रिजाललाई शुभ–कामना व्यक्त गर्दै पोखरालाई नभुल्न आग्रह गरेका थिए ।

रेवान पोखराका उपाध्यक्ष चौबहादुर गुरुङ्गद्धारा सञ्चालित कार्यक्रममा रेवान पोखराका , निवर्तमान अध्यक्ष बलराम पहारी,सल्लाहकार श्रीलाल सुवेदी, महासचिव लक्ष्मण बराल, कोषाध्यक्ष विश्वराज पौडेल, सदस्यहरु दोर्जे लामा, विष्णु बानियाँ, नरेश भट्टराई, भिमसेन भुजेल लगाएतले एसपी रिजालाई पुष्प गच्छा प्रदान गर्दै सफलताको कामना गरेका थिए ।

कमेन्टहरु
Loading...