पोखराको विरोटामा दिउँसै बाघ भेटियो

सागर राज तिमिल्सिना
पोखरा, २२ पुस /पोखरा उप–महानगरपालिका–१७ स्थित विरौटाको बराल फिडमा आज दिउँसै बाघ फेला परेको छ । नजिकैको जंगलबाट आएको बाघ नालिमै पसेपछि स्थानीयबासीहरुले बाघलाई छेकेका थिए । बाघ नालिमा पसेको हेर्नेको मानिसहरुको भिड लागेका थिए ।

बाघलाई प्रहरी र जिल्ला वन कार्यालयको टोलीले नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा लगेको छ । खानाकोे खोजीको क्रममा बाघ शहर पसेको हुन सक्ने स्थानीयहरुले बताएका छन् । बाघलाई फेरी जंगलमै लगेर छोड्ने वन कार्यालयका कर्मचारीले बताए । बाघले कुनै मानविय क्षति गरेको छैन ।

कमेन्टहरु
Loading...