अन्तराष्ट्रिय खेलाडी योगेन्द्र शेरचनलाई मितृसोक

पोखरा २१, पुष/अन्तराष्ट्रिय खेलाडी योगेन्द्र शेरचनलाई मितृसोक परेको छ । शेरचनका बाबु गंगबहादुर शेरचनको ७६ बर्षको उमेरमा मणिपाल अस्पतालमा आईतबार निधन भएको उहाँको पारीवारीक श्रोतले जनाएको छ ।नेपाल आर्चरी संघका केन्द्रीय सदस्य तथा थकाली युवा परिवार कास्कीको अध्यक्ष समेत रहनु भएका शेरचन क्यान्सर रोगबाट विगत ८ महिनादेखि मणिपालमा उपचार हुदै आएको थियो । शेरचनका एक छोरा ४ छोरी रहेका छन । मुस्ताङ जन्मथलो भएको शेरचन पछिल्लो क्रममा पोखरा फुलवारीमा स्थायी रुपमा बस्दै आउनु भएको थियो । भोलि सोमबार विहान १० बजे शव यात्रा सहित रामघाटमा दाहसस्कार गरीने भएको उनको परिवारले जनाएको छ ।

कमेन्टहरु
Loading...