पोखरा उद्योग वाणिज्य संघद्धारा प्रहरी उपरिक्षक रिजाललाई विदाई

पोखरा २१ पुस /पोखरा उद्योग वाणिज्य संघ पोखराले हालैमात्र सरुवा भइ प्रहरी प्रधान कार्यालय जान लाग्नुभएका प्रहरी उपरिक्षक केदार रिजाललाई एक कार्यक्रममा वीच विदाइ गरिएको छ । विदाइ कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिव वहादुर कोइरालाले रिजालको कार्यकालमा पोखरामा विगत देखि जारी रहेको फुटपाथ समस्यालाई स्थायित्व दिन सफल भएकोमा शुभकामना दिदै पोखरालाई शान्तिपूर्ण वनाउन सफल भएको वताए ।

उनको कार्यकाल सुरक्षित भएकाले पोखरामा विदेशी लगानी वढेको र पोखराका ब्यवशायीहरु सुरक्षाको महशुस गरेको वताए ।त्यस्तै प्रहरी उपरिक्षक रिजालले आफ्नो एघार महिने एक दिनको कार्यकाल स्मरणिय रहेको वताउदै पोखरामा रहेका ब्यवशायी ,संघ सस्था , ब्याक्ति पत्रकार समाजसेवीको सहयोगमा आफुले सञ्चालन गरेको जलकुम्भी अप्रेशन सफल भएको वताए ।

आगामी दिनमा विकास र आर्थिक संमृद्धिका लागी सुरक्षा निती अगाडी वढाउनुपर्ने वताउदै रिजालले जव सम्म सुरक्षित पोखरा हुदैन तवसम्म पोखरामा आर्थिक र पर्यटन विकास नहुने वताए । आगामी दिनमा आफ्नो ठाउमा आउने प्रहरी उपरिक्षकलाई पनि सहयोग गर्न आग्रह गरे ।कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बिन्दुकुमार थापा, कोषाध्यक्ष रबिन्सन प्रजू , सदस्य देव क्षेत्री , कार्यसमिति सदस्य पवन प्रजापति , प्रहरी उपरिक्षक राजेशनाथ वास्तोला लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...