पर्यटन मजदुरुहरुलाई तालिम प्रदान

पोखरा २१ पुस/अखिल नेपाल पर्यटन मजदुर संघ जिल्ला समिति कास्कीको आयोजना मा दुई दिने क्षमता अभिवृद्धि तालिम पोखरामा शुरु भएको छ । तालिमको उद्घाटन शत्रमा वोल्दै नेपाल पर्यटन वोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले पर्यटन क्षेत्रमा उच्च सेवा , सुरक्षा र गुणस्तरको आवश्यक्ता रहेको वताए ।

paratanउनले पर्यटकहरुलाई बसाई लम्ब्याउने र अर्कोपटक नेपाल आउने वतावरण निर्माण गर्नका लागी पर्यटन मजदुरहरुको मुख्य भूमिका रहने वताउदै समितिले आयोजना गरेको तालिम महत्वपूर्ण रहेको वताए । उनले भने यतिका वर्षसम्म कोही कसैले पर्यटन मजदुरहरुका लागी आधारभुत तालिमहरु प्रदान गरेको थिएनन अखिल नेपाल पर्यटन मजदुुर संघको पहल राम्रो छ । यसलाई आगामी दिनमा अन्य पर्यटन सम्बन्धी काम गर्ने संघ सस्थाहरुले निरन्तरता दिनुपर्ने उनको जोड रहेको थियो ।

त्यस्तै पूर्व कार्यकारी सदस्य अग्नि कंडेलले पर्यटन मजदुरहरुलाई दिइने क्षमता सम्वन्धी तालिमले पोखरा , अन्नपूर्ण, मनास्लु र धौलागिरी क्षेत्रमा पर्यटकीय क्षेत्रमा काम गर्ने मजदुरहरुलाई आगामी दिनमा काम गर्नका लागी सहज हुने वताउदै यस्ता तालिमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै वरिष्ठ पर्यटन विद झलक थापाले पदयात्रामा जाने पर्यटक गाइडहरु पर्यटनको मेरुदण्ड रहेको वताउदै उनीहरुलाई पर्यटन मैत्री बन्नका लागी थप सहायता पुग्ने वताए । कार्यक्रममा वोल्दै अखिल नेपाल टे««ड यूनियन महासंघ तमुवान संयोजक खगेन्द्र काफ्लेले ब्यवशायीहरुले मजदुरमाथी दुव्र्यवहार गर्ने कामलाई रोक्नुपर्ने वताउदै मजदुरहरु पनि संगठित भएर अगाडी वढ्नुपर्नेमा जोड दिए । अखिल नेपाल पर्यटन मजदुर संघ जिल्ला समिति कास्कीका अध्यक्ष घन वहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल टे«ड यूनियन महासंघ कास्कीका अध्यक्ष रुद्र गौतम टान पश्चिमाञ्चल क्षेत्रिय सचिव डम्बर अधिकारी लगायतले वोलेका थिए ।

नेपाल पर्यटन वोर्डको प्रवर्धन, टानको प्रायोजक र एक्यापको सह प्रायोजकमा आयोजना गरिएको दुइदिने तालिममा एक सय पचास जना पर्यटन मजदुरहरु सहभागी रहेका छनभने उनीहरुलाई नेपाल पर्यटन वोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटा, प्राध्यापक लक्ष्मण श्रेष्ठ , लगायतले विभिन्न विषयमा अभिमुखीकरण गर्ने जनाइएको छ ।

कमेन्टहरु
Loading...