काठमाण्डौ बिमानस्थलमा चिल्ला ट्याक्सी, पोखरामा कहिले (फोटो फिचर)

काठमाण्डौ २१ पुष । त्रिभुवन विमानस्थलमा यात्रुहरुले अब थोत्रा ट्याक्सीहरु चढ्न बाध्य हुनुपर्ने छैन। विमानस्थलमा अब तपाईँले फोर्ड र मारुती कम्पनीका चम्किने नयाँ गाडीहरु देख्न पाउनु हुनेछ। विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले आजदेखि आरामदायी ुप्रिपेडु ट्याक्सी सेवा सञ्चालन गरेको हो।

यस्तो ट्याक्सीका लागि प्रति किलोमिटर रु ७५ भाडा लाग्नेछ। नयाँ ट्याक्सी सेवा अन्तर्गत पहिलो चरणमा दुई सय वटा ट्याक्सी ल्याउनु पर्नेमा आज १ सय ८३ वटा मात्रै सञ्चालनमा आएका छन्। बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी गरी झण्डै रु ६० करोडको लगानीमा यो सेवा सञ्चालन गरिएको हो। विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले दोस्रो चरणमा थप एकसय वटा त्यस्तै ट्याक्सी सडकमा ल्याउने जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले त्रिभुवन विमानस्थल परिसरमा सेवाको शुभारम्भ गरे।car ktm pkr (1) car ktm pkr (2) car ktm pkr (3) car ktm pkr (4)

कमेन्टहरु
Loading...