खिम गुरुङ्ग एकल साँझ फागुन १० मा

सागर राज तिमिल्सिना
पोखरा, २१ पौष/सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराको आयोजनामा खिम गुरुङ्ग एकल साङ्गीतिक साँझ हुने भएको छ । पार्चे ४ कास्कीमा जन्मेका गुरुङको एकल साँझबाट बचत रमक कलाकार अक्षयकोषका लागी सहयोग गर्ने आज आयोजीत पत्रकार सम्मेलनमा कार्यक्रमका सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराका अध्यक्ष नवराज बरालले जानकारी दिए ।

kham guring  akali saja (2)फागुन १० गते हुने एकल साँझ सफल पार्न गोरे गुरुङ्गको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति र ११ वटा उपमिति गठन गरेको बरालले जानकारी दिए । एकल साँझमा गुरुङ्गले १५ वटा गितहरु प्रस्तुत गर्ने आयोजकले जानकारी दिएका छ । गुरुङ्गले आज मेरो साइत परेको कौरा गित, माया तिमो गाउँ आएको, कहिले पनि हुन मन टाढा लगाएतका गित प्रस्तुत गर्ने गायक खिम गुरुङ्गले जानकारी दिए ।

उनका अहिले सम्म दुई दर्जन बढि गित रेकड भए पनि करिब १५ गित आउने बताए । एक साँझबाट ९ लाख ५० हजार आम्दानी, ४ लाख ५० हजार खर्च र ५ लाख बचत गर्ने आयोजकको लक्ष्य छ । अहिले सम्म कलाकार अक्षयकोषमा ४ लाख ५० हजार रुपैया रहेको प्रचार प्रसार संयोजक अभिमन्यु विक्रम राणाले जानकारी दिए ।

उनले रकमको व्याजबाट विभिन्न नवप्रतिभालाई प्रोत्साहन र पीडित साहित्यकार एवम्र कलाकारहरुको उपचारमा सहयोग गर्दै आएको बताए । उनले यस अघि हरिदेवि कोइराला एकल साँझ, दुर्गाबहादुर शाह बाबा एकल कविता बाचन, पद्मराज ढकाल एकल साँझ गरिसकेको जानकारी दिए ।

kham guring  akali saja (1)

कमेन्टहरु
Loading...