गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको प्रवत्तामा सुवेदी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको प्रवत्तामा विमल सुबेदी चयन भएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको चौथों कार्यसमितिको मितिको बैठकले सुवेदीलाई प्रवत्तामा चयन गरेको हो । त्यसै गरि अन्य तीन जनालाई पनि कार्यसमितिमा मनोनित गर्न बाकी सदस्यहरु पनि मनोनित गरेको छ ।

bimalमनोनित हुनेहरुमा महिला सदस्यमा आस्था बिन्दु मल्ल, युवा प्रतिनिधिमा धर्म के सी र प्रेम ज्ञवाली रहेका छन् । नवनियुक्त कार्यसमिति सदस्य हरुलाई सोहि बैठकमा कोरियाका प्रतिनिधि केपी सिटौलाले कोरियाका अध्यक्ष बिनोद कुँवरको उपस्थितिमा सपथ ग्रहण गराएका थिए । कार्यक्रमको संचालन कोरियाका महासचिव प्रकाश धमलाले गरेका थिए ।

कमेन्टहरु
Loading...