साँस्कृतिक कार्यक्रम सहित रक्तदान कार्यक्रममा १ सय ३९ युनिट रगत संकलन

पोखरा, २० पौष/लायन्स क्लब अफ पोखरा पिस सिटी र पिस सिटीद्वारा स्पोन्सर गरिएका क्लबहरू पिस भ्याली, लियो क्लब अफ पोखरा पिससिटीका साथै महिला मात्रको क्लब पिस टाउनको संयुक्त आयोजनामा विविध साँस्कृतिक कार्यक्रम सहित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबले यही शनिबार पोखराको चिप्लेढुंगा स्थित वि.पी. शालिक अगाडि विविध साँस्कृतिक कार्यक्रम गरी रक्तदान कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरि १३९ युनिट रगत संकलन गर्न सफल भएको कार्यक्रमका संयोजक अर्जुन सिग्देलले जानकारी गराएका छन् । blood donisanकर्यक्रमका सशस्त्र प्रहरी नायव महानिरिक्षक नारायण बाबु थापाले लायन्स क्लब अफ पोखरा पिस सिटिका अध्यक्ष प्रशान्त राज धमलालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको सुभारम्भ गरेका थिए । थापाले लायन्स क्लबले गरेका सम्पुर्ण कार्यक्रमहरु समाजमा अत्यन्त प्रभावकारी एवं सामाजिक रुपमा उत्कृष्ट रहेको र आफु यस्ता कार्यहरुमा सदैब साथ रहने, सहयोग गर्ने बताउनुभयो यसैगरि कार्यक्रमका बिशिष्ट अथिति पुर्व मल्टिपल काउन्सिल चेयर पर्सन प्रेम बहादुर श्रेष्ठले पिस सिटिले गरेको कुनैपनि कार्यहरुमा नयापन र उत्कृटता रहने भएको र यो सांस्कृतिक कार्यक्रम सहितको रक्तदान कार्यक्रम पनि लायनवादमा नयां प्रयोग भएको बताउनुभयो ।

कार्यक्रममा शसश्त्र प्रहरी बरिष्ट उपरिक्षक राजेश श्रेष्ठ, रिजन चेयर पर्सन दुर्गा ढकाल, जोन चेयर पर्सन गौरवराज भण्डारी, लियो डिष्टिक एडभाइजर नविनराज बराल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । संगितमय कार्यक्रममा राष्टिय लोक तथा दोहोरी गायक तारापति सुवेदी, जिवन दाहाल, प्रदिप त्रिपाठी, सरस्वती लामिछाने एवं तुलसा जि.सी.ले रक्तदान कार्यक्रमलाई संगितमय बनाउदै भरपुर मनोरञ्जन दिलाएका थिए ।

कमेन्टहरु
Loading...