गोगन उच्च मा.वि मा तालावन्दी

लेखनाथ, २० पौष/विद्यालय व्यवस्थापन समितिले एकतर्फी रुपमा प्रधानाध्यापकलाई हटाएको विवादले लेखनाथको गोगन उच्च मा.वि मा तालाबन्दी भएको छ । काग्रेस समर्थक विद्यालय व्यवस्थापन समितिले पूर्वाग्रही ढंगले प्रध्यानध्यापक मोहनराज वराललाई हटाएको भन्दै स्थानीय वामपन्थी राजनीतिक दलहरुले तालावन्दी गरेका छन् ।

उनिहरुले प्रधानाध्यापकलाई हटाउने निर्णय फिर्ता र विद्यालय व्यवस्थापन समितिले क्षमा याचना नगरेसम्म विद्यालयको ताला नखुल्ने जनाएका छन् । नेकपा एमाले, एकिकृत नेकपा माओवादी र नेकपा—माओवादीले विद्यालयमा संयुक्त रुपमा तालावन्दी गरिदिएका हुन । गत बर्ष व्यवस्थापन समिति गठनका वेला एकलौटी रुपमा काग्रेस सर्मथित व्यक्तिहरुले भेला कब्जा गरी आफु निकटकालाई अध्यक्ष वनाई विद्यालयमा राजनीतिक हस्तक्षेप गरेको आरोप समेत दलहरुले लगाएका छन् ।

त्यसै गरि नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले विज्ञप्ती जारी गरि निणर्य फिर्ता लिन अनुरोध गरेका छन् । उनले पदीय दुरुपयोग गरि विद्यालय व्यवस्थापन समितिले निणर्य लिएको आरोप छ ।

कमेन्टहरु
Loading...