विद्याश्रममा अधिवक्ता भुजेलको सहयोग

पोखरा–१९ पौष/पोखरा चिसाखोला वेद विद्याश्रम सराङ्गकोट–६, कास्कीको सञ्चालन एवं विद्यार्थी भोजनका लागि ले.न.पा.–८, घर भई पो.उ.म.न.पा.–१०, निवासी अधिवक्ता विष्णु कुशल भुजेलले नगद तथा जिन्सि सामाग्री सहयोग गर्नुभएको छ । अधिवक्ता भुजेलको आफनो ४९ औँ जन्मदिवसको अवसर पारेर शुक्रबार सहयोग गर्नुभएको हो ।

जन्मतिथिको अवसरमा भुजेल दम्पत्तिले विद्याश्रममा वैदिक विधिअनुसार अष्टचिरञ्जिविको पूजा–अर्चना गर्नुका साथै विद्याश्रममा अध्ययन गर्ने वेदपाठी ब्राह्मण वटुकहरुलाई एक दिनको भोजन गराउनुभएको हो । पूजा–अर्चना पछि आयोजित कार्यक्रममा बोल्दै अधिवक्ता विष्णु कुशल भुजेलले आगामी दिनमा पनि तन–मन र धनले सहयोग गर्ने वचन दिदैँ यस्ता धार्मिक गुरुकुल विद्याश्रमको संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा विद्याश्रमका मानार्थ संरक्षक तथा संस्थापक अध्यक्ष मोक्षनाथ तिमिल्सिनाले धार्मिक संस्कार–संस्कृतिको जगेर्ना गर्न आफैँबाट सुरु गर्नुपर्ने भएकाले यस्ता धार्मिक विद्याश्रमको संरक्षण गर्दै धर्म, संस्कृति बचाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । विद्याश्रमका प्रधानाध्यापक श्रीराम तिमिल्सिनाले अधिवक्ता भुजेलले विगतका वर्षहरुमा पनि सहयोग गरेको र संस्कृत रहे मात्र संस्कार रहने भन्दै वैदिक संस्कृत शिक्षाको विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कमेन्टहरु
Loading...