मन्थली मेडल गल्फको उपाधि जिवाराम गुरुङलाई

पोखरा, पुस ७/पोखराको मझेरीपाटनमा रहेको हिमालयन गल्फ कोर्समा प्रत्येक महिना हुने मन्थली मेडल गल्फ प्रतियोगिताको उपाधि यस महिना जिवाराम गुरुङले जितेका छन । गुरुङले ७० अंकका साथ उपाधि जित्दा ७२ अंकका साथ गत महिनाका विजेता वसन्त थकाली दोस्रो भएका छन् ।

स्टो प्लेको आधारमा खेलाईएको प्रतियोगितामा १२ जना खेलाडिहरुको सहभागिता रहेको कास्की जिल्ला गल्फ सघका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो । विजेता खेलाडिलाई मेजर चन्द्रबहादुर गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।

१२ प्रतियोगिहरु सहभागि रहेको उक्त खेलमा ओभरल मन्थली मेडलको उपाधि समेत मेजर लक्ष्मी प्रसाद गुरुङ र चन्द्रबहादुर गुरुङले जितेका छन । उनीहरुले समान २८ अङक जोडेका थिए ।

बिजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले पुरस्कार वितरण गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...