काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

काठमाडौं । आभा फर कृयिटीभिटीले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलन गरिरहेको बृहत् नागरिक आन्दोलनसँग सहकार्य गरी प्रतिकात्मक शवयात्रा गरेको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै‌ वसन्तपुर दरबार स्क्वाएरबाट सिंहदरबार मूलगेटसम्म महिला मार्चपास सँगसँगै आभाले शवयात्रा निकालेको संस्थाका अध्यक्ष रसिक राजले बताए।

‘प्रतीकात्मक शव र मलामीसहित प्रधानमन्त्री ओलीको संसद विघटन, महिलामाथि बारम्बार भइरहेका हिंसा, बलात्कारका घटनाको विरोधमा हामीले पर्फमेन्स आर्ट गरेका हौँ,’ अध्यक्ष राजले बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक खबरदारीस्वरुप लागिरहेका विभिन्न नागरिक समूहहरूसँग संस्थाको एक्यवद्धता रहेको समेत बताए ।

वसन्तपुर डबलीबाट शुरु भएको शव यात्रा न्यूरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार मूल गेटसम्म पुगेको थियो। शवयात्रामा सहभागीले हरेक दिन प्रतिगमन भएको, सरकारको निरंकुशता बढेको, मौलिक हक-अधिकार हनन भएको भन्दै आक्रोश व्यक्त गरे।

सहभागी राजु झल्लु प्रसादले सरकारको प्रतिगमन र निरंकुशताबारे यस पर्फमेन्सले केहीरुपमा  जागरुक जगाउने अपेक्षा गरेको बताए । उनले भने, ‘हामीले खाइरहेको चिया किन महङ्गो छ, हामी आफ्नै दिदिबहिनी किन साँझ ७ नबज्दै घर आउन भनिरहेका छौँ, हामी किन हरेक वर्षा, हिमपात र शितलहरमा सिथिल बनिरहेका छौ? यसबारे आममानिस सजग हुन सके, यसरी फेरि अर्कोपटक सडकमा आउनु पर्दैन थियो।’

शवयात्रा सहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल व्यक्ती, बौद्धिक जमात, कवि, लेखक र कलाकार एवम आम जनमानसको बाक्लो सहभागीता थियो ।

 

कमेन्टहरु
Loading...