होटल म्यानेजमेन्ट कलेजको साधारण सभा, अध्यक्षमा पुनः पालिखे

पोखरा, १९ पुस / इन्टरनेशनल एजुकेशन फाउण्डेसन लिमिटेड अन्तर्गत सञ्चालित टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराको नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाका अध्यक्ष अशोक पालिखेले आर्थिक वर्ष २०६९÷०७० को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । लेखा परीक्षक एल.के शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभा पछि सम्पन्न निर्वाचनबाट कलेजको अध्यक्षमा पुनः अशोक पालिखे सर्वसम्मतिबाट निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा कर्म गुरुङ, विर्खराज गुरुङ, हुटराज श्रेष्ठ, नारायण द्वा, विनोद वैद्य, प्रकाश केसी, जयराम हमाल र डा. प्रदिप घिमिरे सर्वसम्मतिबाट चुनिए । सोही अवसरमा डा. दीपक भट्टराई, डा. भूवन स्थापित, सूर्यबहादुर केसी र कृष्ण थापालाई सल्लाहकारमा चयन गरिएको छ ।

कार्यसमतिको पदावधि चार वर्षको रहने बताइएको छ । सो कलेजमा हाल बी.एच.एम., बी.बी.ए., बी.बी.ए.–बी.आई र +२ मा गरी ९ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । नेपालकै प्रथम सो होटल म्यानेजमेन्ट कलेजमा पूर्व इटहरीदेखि पश्चिम महेन्द्रनगरसम्मका विद्यार्थीहरु अध्ययनरत रहेको अध्यक्ष पालिखेले जानकारी दिए ।

कमेन्टहरु
Loading...