पोखरा १९ पुस/पोखराको सिमपानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविमा आयोजित विज्ञान तथा हस्तकला प्रदशनीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।केही हप्ता अगाडी विद्यालयमा आयोजना गरिएको प्रर्दशनीमा सिनियर तर्फ,अन्जिता सुवेदीको समुह प्रथम,पूजा त्रिपाठीको समुह द्धितिय धुर्व ढुङगानाको समुह तृतिय र स्वेना गुरुङले सान्तवना स्थान प्राप्त गनुभएको थियो । त्यस्तै जुनियर तर्फ गौरव पौडेल प्रथम, कृषा श्रेष्ड द्धितिय,रजिना थापा र दीक्षा थापा मगर तृतिय तथा पवनराज पाण्डेको समुह सान्तवना भएको थियो ।उत्कृष्ट विद्यार्थीलाई विद्यालयका सह प्रार्चाय वालकृष्ण अधीकारी, व्यवस्थापकिय संयोजक अर्जुन ढकालले पुरस्कार वितरण गर्नुभएको थियो ।
यस्तै विद्यालयले उच्च मावि तर्फ कक्षा ११ र १२का बिच स्पोर्टस मिट सम्पन्न गरेको छ । कार्यक्रममा छात्र र छात्रा गरी दुई समुहमा वास्केटवल तथा टेवल टेनिसमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।