सागरराज तिमल्सिना
पोखरा १९ पौष । नेपालका लागी अमेरिकी राजदुत पिटर व्हील वोडेले एक बर्षभित्र नेपालमा संविधान जारी गर्न सबै दलहरु मिल्नु पर्ने बताएका छन् । रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ को छैटौ सम्मेलनको शुक्रबार पोखरमा उद्घाटन गर्दै राजदुत वोडेले अस्थीर राजनैतिक अबस्थाले गर्दा नेपालमा आर्थिक विकास हुन नसकेको बताउदै देशको संमग्र विकासको लागि संविधान जारी गर्नु बताए ।
नेपालका लागी पहिलो आवश्यकता भनेको संविधान जारी गर्नु भएको उनले बताए । मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारलाई विदाई गरी छिट्टै नयाँ सरकार गठन गरी संविधान निमार्णमा सवै दलहरु मिलेर अघि बढ्न वोडेले आग्रह थियो । रोटरी क्लवले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रंशम्सा गर्दै बोडेले अन्य यस्तै संघ संस्थाहरुले पनि सामाजिक क्षेत्रमा काम गर्न सके विकासोन्मुख मुलुकको विकास हुने विश्वास व्यक्त गरे ।
तोकिएको समयमै निर्वाचन हुनु सकरात्मक भएको बताउदै बोडेले नेपालमा दिगो शान्तिको लागि नेपालका दलहरु मिल्नुको विकाल्प नभएको बताए । देशमा भएको भ्रष्टचार न्युनिकरण गर्नुपर्ने बताउदै बोडेले युवाशक्तिलाई विदेशीनबाट रोक्नु पर्नेमा जोड दिए ।
तीन दिन सम्म सन्चालन हुने सम्मेलनमा नेपाल र भुटानका १ हजार २ सय रोटरीयन सहभागीता रहेको छ । सम्मेलनमा नेपाल ८६ र भुटनको एउटा गरी ८७ क्लवका प्रतिनिधि सहभागि छन् । पोखराको पर्यटन प्रवद्र्धन गर्न पनि कार्यक्रम पोखरामा आयोजना भएको रोटरी ईन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्रनर दिलेन्द्रराज श्रेष्ठले बताए । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्दै बार्षिक कार्यक्रम योजना तथा समिक्षा सहित शिक्षा, स्वास्थ्य, वालवालिका लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया गर्ने छ ।