रोटरीयनको काठमाण्डौ –पोखरा कार ¥याली, छैटौ सम्मेलन भोलिदेखि

गोकुल बानिया/पोखरा १८ पुष । रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ को छैटौ डिष्ट्रिक सम्मेलनको पूर्बसन्ध्यामा काठमाण्डौ – पोखरा कार ¥याली सम्पन्न भएको छ । काठमाण्डौदेखि पोखरा सम्मको २ सय किलोमिटर दुरीमा करिब १७ वटा कार ¥यालीमा सहभागि थिए । 

car rally
भोलिदेखि पोखरामा सुरु हुने छैटौ डिष्ट्रिक सम्मेलनको प्रचारप्रसारको साथै पूर्ण साक्षरको लागि रोटरियन भन्ने नाराको साथ ¥यालीको आयोजना गरिएको हो । पुष २१ सम्म चल्ने तीन दिने सम्मेलनमा सहभागिताको लागि ३२९२ अन्तर्गत देशभरका रोटरियनहरु पोखरामा भेला भएका छन् । सम्मेलनमा नेपालका ८६ र भुटानको एक गरी कुल ८७ रोटरी क्लब डिष्ट्रिक ३२९२ मा आबद्ध झण्डै १२ सय रोटरियन सहभागि हुने आयोजक समितिका सदस्य सचिब बिनोद कोईरालाले जानकारी दिए ।

सम्मेलनको लागि अमेरिका, पाकिस्तान र कोरियाबाट समेत करिब ४० अन्तरष्ट्रिय स्तरका प्रतिनिधिको सहभागिता रहने बताईएको छ । सम्मेलनमा सहभागि हुन रोटरियनका परिवार समेत आएकाले झण्डै ४ हजारको उपस्थिति हुने अनुमान गरिएको छ ।

सम्मेलनमा बिभिन्न रोटरी क्लबले गरेका उत्कष्ट सामाजिक सेवाका कार्यक्रम सम्बन्धि सुचनामुलक प्रस्तुती रहने कोईरालाले बताए । सम्मेलनको दोस्रो दिनबाट बर्ष २०१६÷१७ को लागि नेतृत्व चयन बारे छलफल हुने रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर दिलेन्द्रराज श्रेष्ठले बताए । सम्मेलनको अबसरमा उपस्थित रोटरियनका परिवारलाई लक्षित गरी महिला स्वास्थ्य र शिक्षा सम्बन्धि छलफल कार्यक्रम समेत हुने भएको छ । सम्मेलनको अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम छ ।

पहिलोपटक नेपालमा सन् १९५९ मा रोटरी क्लब अफ काठमाण्डौको रुपमा स्थापना भएको रोटरी क्लबले शिक्षा, स्वास्थ्य, बिकास निर्माणका बिभिन्न क्षेत्रमा काम गर्दै आएको छ । रोटरी फउण्डेशन अन्तर्गत अहिलेसम्म अरवौको आयोजनाहरु सञ्चालनमा रहेको डिष्ट्रिक गभर्नर श्रेष्ठले बताएका छन् ।

कमेन्टहरु
Loading...