सिजी सिमेन्ट बजारमा

काठमाडौं ः नेपालको प्रतिष्ठित औधोगिक घराना चौधरी ग्रुपले ‘सिजि सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताका लागि अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय सिमेन्ट चौधरी ग्रुपले उत्पादन गरेको हो । सिजि सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

CG cementविश्वविख्यात सिमेन्ट उत्पादकसँगको सहकार्यमा सिजि सिमेन्ट नेपालमा उत्पादन गरिएको हो । चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले नेपाली उपभोक्ताका लागि उच्च गुणस्तरमा सिजि सिमेन्ट उत्पादन गरिएको बताउनुभएको छ । ‘चौधरी ग्रुपले अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट नेपालमा उत्पादन गरेको छ । यसले नेपाली सिमेन्टप्रति उपभोक्ताको सोंचमा परिवर्तन ल्याईदिनेमा म विश्वस्त छु’, कार्यकारी निर्देशक चौधरीले भन्नुभयो, ‘हामीले नेपालमा पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिन्छ भन्ने सोंचलाई सिजि सिमेन्टमार्फत साकार पारेका छौं ।’

सिजि सिमेन्टले हाल ओपिसी सिमेन्ट बजारमा ल्याएको छ । निकट भविष्यमै पिपिसी र पिएससी सिमेन्ट बजारमा ल्याइनेछ । नवलपरासीको दुम्कीबासस्थित सिजि सिमेन्ट प्लान्ट पूर्णरुपमा स्वचालित रहेको छ । जसमा क्लोज्ड सर्किट वीथ सेन्ट्रलाइज्ड कन्ट्रोल रुम (सीआरआर) मोनिटरिङ प्रविधी जडान छ । अत्याधुनिक प्रविधियुक्त यो प्लान्ट धुलो र धुँवारहित छ ।

चौधरी ग्रुपद्वारा उत्पादित वस्तुहरू उच्च गुणस्तरका कारण नेपाली र विश्वका बिभिन्न मुलुकहरूका उपभोक्ताबीच निकै लोकप्रिय सावित भएका छन् । सीजी सिमेण्ट पनि नेपाली उपभोक्ताबीच लोकप्रिय ब्राण्ड सावित हुने विश्वास चौधरी ग्रुपको छ । अधिक भार बहन क्षमता, नचर्किने, बढि लस्सादार, चाँडै जम्ने र अधिक टिकाउ सिजि सिमेन्टका बिशेषता रहेका छन् । चौधरी ग्रुपले निकट भविष्यमा पाल्पामा पनि सिमेन्ट उद्योग स्थापना गर्नेछ ।

कमेन्टहरु
Loading...