फोटोग्राफर संघ महिला उपसमितिको टोली फोटोग्राफी भ्रमणमा

पोखरा, १५ पुस। पोखरा फोटोग्राफर संघ पोखरा नेपालको महिला उपसमितिको टोलीले सोमबार फोटोग्राफी भ्रमणमा कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुको सिप विकासको लागि फोटोग्राफीमा विकास गर्नका लागि उक्त भ्रमणको आयोजना गरिएको हो ।महिला उपसमिति संयोजक सान्त्वना पौडेलको नेतृत्व निस्कीएको उक्त टोली विजयपुर कन्दनीडाँडा हुदै कालिका वाट स्याङ्गखुदी वेगनासताल सम्म पुगेर फर्कीएको हो । भ्रमणमा त्यहाको जनजिवन, पर्यावरण सवन्धी फोटोहरु क्यामारामा कैद गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक पूर्णकुमारी थापाले जानकारी दिईन् । उक्त भ्रमणमा पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष दुर्गा प्रसाद पौडेलले फ्रोटोग्राफीको वारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...