पुषको जाडोमा पनि तात्तियो सडक

पौष १५,पोखरा/रेवान पोखराले आयोजना गरेको सडक महोत्सवमा मंगलबार दर्शकहरुको अत्याधिक चाप रहयो । तमु ल्होसारको विदाका कारण पनि महोत्सवमा आउनेहरुको संख्या अत्याधिक भएको हो । महोत्सवको प्रमुखस्थल बसुन्धरापार्क दिनभर खचाखच भयो भने साँझपख सविन राईको कन्सर्टमा झम्नेहरुको ठूलै भिड रहयो ।

street festival 2013 (2)बसुन्धरापार्कमा राष्ट्रिय कलाकारहरु रामजी खाँण, सिता केसी लगाएतको प्रस्तुती रहयो भने स्थानिय कलाकारहरु चोलेन्द्र पौडेल,पार्वती जिसी, सरु लामिछाने, जीवन दाहाल लगाएतलेपनि दर्शक नचाएका थिए । चिल्ड्रेन पार्कमा पनि बालबालिकाहरुको बाक्लो उपस्थिती रहयो । मिलेनियम ट्रेक अन्तर्गतको स्याँग्जा पेल्काचौरको राधाकृष्ण नाँच, राप्ती सल्यानको झ्याउरे नाँच, बर्दियाको थारु नाच, सूदूर पश्चिमको छलिया नाँच तथा पोखरा नौमती बाजाको प्रस्तुतीले सडक तत्ताएको थियो ।

त्यसैगरि खेलकुदतर्फ रस्साकसि प्रतियोगिता सम्पन्न भयो । दुई विभागिय सहित ८ टिमले भाग लिएको प्रतियोगितामा गौरीघाटको राम भुजेल, लव भुजेल, दिलिप भुजेल, अनिल भुजेल, आश्विन राना, सूर्यबहादुर कुमाल, र राजन श्रेष्ठको टोली प्रथम भयो भने फेवा डुङ्गा व्यवसायि संगठनका आइतसिंह गुरुङ्ग, नेत्र सारु, अनिल गुरुङ्ग, मोहन गुरुङ्ग, दर्शन गुरुङ्ग, गनबहादुर गुरुङ्ग र विदेशी खेलाडी ज्याक टर्नरको टोलि दोश्रो भयो ।

प्रतियोगिताका विजेताले नगद १९ हजार तथा उपविजेताले ७ हजार सहित प्रमाणपत्र प्राप्त गरे । वडा नम्वर ६ का पूर्ववडाध्यक्ष चुँडामणि पहारी र सडक महोत्सव सजावट संयोजक ज्याक तामाङ्गले उनीहरुलाई पुरस्कार प्रदान गरेका खेलकुद समिति सदस्य सुसिल पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...