काठमाडौं, 15 पुस /संविधानसभाको तेस्रो ठूलो दल एमाओवादीले पनि समानुपातिकतर्फका सभासद्को सूची बुझाएको छ । एमाओवादी नेता पोस्टबहादुर बोगटी, वर्षमान पुनलगायतले सोमबार साँझ निर्वाचन आयोगमा पुगेर समानुपातिक सूची बुझाएका हुन् ।
प्रत्यक्षतर्फ २६ सिट जितेको उसले समानुपातिकमा ५४ सिट पाएको छ । चुनावमा धाँधली भएको सूची बुझाउन आनाकानी गरेको एमाओवादीले दलहरुबीच चार बुँदे सहमतिपछि सूची बुझाउन राजी भएको हो ।