३७ जनाद्धारा रक्तदान

पोखरा, १५ पुस/पोखराको पृथ्वी होटल व्यवसायी समितिले आफ्नो पाँचौ बार्षिकोत्सव अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाले पहिलो रक्तदाता महेश ज्ञवालीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको रक्तदानमा रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष रिजन शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदाता बालकृष्ण निउरे, रक्तसंचारका प्राविधिक अर्जुन ज्ञवाली, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर श्रेष्ठ, कार्यक्रम संयोजक, अर्जुन खनाल, समितिका सचिव कमल न्यौपाने, सहसचिव भीमसेन घिमिरे रक्तदानको बारेमा बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...