पोखरा, १५ पुस/सुर्तीजन्य पदार्थको बट्टाको बाहिरी भागमध्ये ७५ प्रतिशत भागमा क्यान्सर रोगबाट हुने असरको रंगीन चित्र नराखी बिक्री(वितरण गर्न नपाइने भएकोछ । आइतबार सर्वोच्च अदालतको फैसलासगै सरकारलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ०६८ पूणए कार्यान्वयनको कानुनी बाटोसमेत खुलेको छ ।
अदालतको फैसलाअनुसार अब खैनी, चुरोट, गुट्खा, बिडीलगायतका सम्पूर्ण सुर्तीजन्य उत्पादनको बट्टाका् ७५ प्रतिशत भागमा क्यान्सर रोगको रंगीन चित्र समेटिनुपर्नेछ । त्यस्तै, बाहिरी भागमा ठूलो अक्षरमा ‘सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक छ’ भनि उल्लेख गर्नुपर्ने आजको नया पत्रिकासहितका दैनिक पत्रिकामा खबर छ । त्यस्तो शब्द र चित्रबिहीन सुर्तीजन्य पदार्थको उत्पादन, आयात र बिक्रीसमेत नगर्न सर्वोच्चले फैसला गरेको हो ।