भूपू विद्यार्थी पौडेलद्धारा जनप्रियलाई प्रोजेक्टर सहयोग

पोखरा, १४ पुस ः आफू पढेको विद्यालयलाई एक विद्यार्थीले वीस लाख रुपैयाँ मुल्य वरावरको मल्टीमिडिया प्रजेक्टर प्रदान गरेका छन् ।
पोखरा—८ स्थित जनप्रिय उच्च मावि सिमलचौरलाई कास्कीको भरतपोखरी गाविस निवासी भूतपूर्व विद्यार्थी सन्तोष पौडेलले उक्त प्रजेक्टर आइतवारविद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
जापानको टोकियो स्थित क्यू सु विश्वविद्यालयमा सेवारत सन्तोष पौडेलले जनप्रियका प्रधानाध्यापक नारायण पराजुली, विद्यालय व्यवस्थापनका पूर्व अध्यक्ष बलराम बराल लगायतका पदाधिकारीलाइृ उनलेएक समारोहकाबीच हस्तान्तरण गरेका हुन्। वि.स. २०५५ सालमा जनप्रियवाट प्रवेशिका परीक्षा उर्तिण गरी अध्ययनका लागि जापान गएका पौडेलले विद्यालय प्रङ्गणमा नै पुगि उक्त प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा प्रधानाध्यापक नारायण पराजुली , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वलराम बराल, पूर्व प्रधानाध्यापक रामवहादुर थापा र प्रात संयोजक इन्द्रवहादुर थापा लगायतको टोलीलाई उक्त प्रोजेक्टर हस्तान्तरण गरेका थिए । सोनी भी.पी. एलसी एक्स—१०० को सो प्रोजेक्टर बरिव २० लाख रुपैयाँ वरावर मुल्यको रहेको र यसको जडान खर्च समेत आफैले भुक्तानी गर्ने पौडेलले वचन दिएका छन् ।

पौडेलले सरकारी विद्यालय जनप्रियमा पनि आफूले जापानमा अध्ययन र सोही विश्वविद्यालयमा सेव ागर्न पाउनु गुरुहरुको आर्शिवाद रहेको वताए । पौडेललाई प्रअ पराजुली, शिक्षक एवं विद्यार्थीले आभार व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...