ल्होसारको अबसरमा पैगिलामा परिवारको स्योकैं सम्पन्न

पोखरा । तमु ल्होसारको अबसरमा तान्चोक नौजे पैगिलामा परिवारले बार्षिक भेटघाट तथा स्योकैं कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । परिवारका ज्वाई चेलिबेटीहरुका साथै पोखरामा रहेका गाउंबाट आएका तथा बिदेशबाट समेत आएका दाजुभाईहरु समेतको उपस्थितीमा भएको कार्यक्रममा असी बर्ष माथि पुगेका बृद्ध तथा बुद्धालाई सम्मान गरिएको थियो ।यसरी सम्मानित हुनेहरुमा पुर्ब अध्यक्ष इमानसिङ्ग गुरुङ्ग,बर्तमान बरिष्ठ उपाध्यक्ष सु गणेश बहादुर गुरुङ्ग,बुद्धिसुवा गुरुङ्ग,बिष्णु गुरुङ्ग,बदम कुमारी गुरुङ्ग,देबीरास गुरुङ्ग र हर्कमान गुरुङ्ग रहनुभएको छ ।त्यसैगरि यस बर्षको एसएलसी परिक्षामा प्रथम श्रेणी हासिल गरेका साम्प्रास गुरुङ्ग,कोशिश गुरुङ्ग,स्मृती गुरुङ्ग त्यसैगरि बिबिएस प्रथम श्रेणीमा उत्तिर्ण गरेका बिश्वास गुरुङ्ग र यसै बर्ष डेन्टिस डाक्टर बन्न सफल सोलेस गुरुङ्ग लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा यस बर्ष तथा छुटेका केही नव जन्म भएका छोरा तथा छोरी तर्फका जेष्ठ सुपुत्रलाई पुरपुडे आशिष दिइएको थियो । यसरी आशिश पाउनेहरुमा रिभर ओसेन गुरुङ्ग,किरण आर्दश गुरुङ्ग,रमिल गुरुङ्ग,अनमोल गुरुङ्ग,सभ्य गुरुङ्ग,र प्रबेश गुरुङ्ग रहेका छन । नव दम्पत्ती तर्फ भने राम गुरुङ्ग र मिरा गुरुङ्ग मात्र रहनुभएको छ ।

परिवारका कार्यबहाक अध्यक्ष सु मेजर रामध्वज गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुर्ब जिपंस एबं पुर्ब प्रधानपञ्च धिर बहादुर गुरुङ्ग,परिवारका संस्थापक अध्यक्ष एबं संरक्षक क्याप्टेन धर्मसिङ्ग गुरुङ्ग, पुर्ब अध्यक्ष क्याप्टेन जय बहादुर तमु, निबर्तमान अध्यक्ष भमर तमु,आमन्त्रितहरुको तर्फबाट ताङ्गतिङ्गका सुबेदार जसबहादुर तमु,बंशावली समितीका संयोजक क्याप्टेन डम्मर बहादुर तमु,तान्चोककोट गाउं स्थित बराह क्षेत्र पुजा ब्यबस्थापन समितीका संयोजक पदम बहादुर गुरुङ्ग,तान्चोक नौजे पैगिलामा परिवारका सचिब राज बहादुर गुरुङ्ग लगायतले सर्प बर्गको बिदाई र घोडा बर्गको आगमनको अबसरमा शुभकामना मन्तब्य ब्यक्त गरिएको थियो । बिबिध सांस्कुतिक कार्यक्रमका साथै म्युजिकल चियर खेल समेत प्रर्दशन गरिएको कार्यक्रममा आंटीघर,रिभान तथा ताङ्गतिङ्गका पैगिलामा खलकबाट समेत सहभागिता जनाइएको थियो ।

कमेन्टहरु
Loading...