५५ माथि शान्ता र बसन्तको जोडिले इज्यत राख्य
६० वर्ष माथि मेजर लक्ष्मी गुरुङ्गलाई उपाधी
पौष १४,पोखरा/पोखरामा सम्पन्न १२ औं भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताका अधिकांस इभेण्टहरुमा काठकाण्डौका खेलाडीहरु विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत ५० वर्ष माथिको डबल्समा पोखरेली खेलाडी शान्ता श्रेष्ठ र बसन्त प्रधानको जोडिले प्रथम स्थान हाँसिल गर्न सके शान्ता जोडिले डा.इन्द्रजित राई र शहदेव ढुंङ्गानाको जोडिलाई ८–३ ले पराजित गर्दै उपाधी जितेका हुन् । त्यस्तै, अर्का पोखेली खेलाडी मेजर लक्ष्मीप्रसाद गुरुङ्गले ६० वर्ष माथिको एकल तर्फ उपाधी जिते । राउण्ड रोविनको आधारमा डा.इन्द्रजित राई दोश्रो भए ।
३५ वर्ष माथिको एकलमा पोखरेली खेलाडी धरमसिंह लामिछानेले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधी रक्षा गर्न भने सकेनन् । फाइनलमा उनी डिफेण्डिङ्ग च्याम्पियन महेश श्रेष्ठसंग ६–२ र ७–५ को प्रतिस्प्रधात्मक सेटमा पराजित भए । उपाधीसंगै श्रेष्ठले नगद १५ हजार र ट्रफि चुमे भने लामिछानेले नगद ७ हजार ५ सय सहित ट्रफि पाए । त्यस्तै, ४५ वर्ष माथिको एकलमा प्रताप मोक्तानले उत्तम लामाको कडा चुनौतीलाई ६–३,५–७ र १०–६ ले पन्छ्याउँदै नगद १० हजार सहितको ट्रफि चुमे भने लामाले नगद ५ हजार सहित ट्रफि पुरस्कार पाए । ५० वर्ष माथिको एकलमा उत्तम लामाले अर्का पोखरेली खेलाडी राजु श्रेष्ठमाथि ६–०, ६–३ को नतिजा निकाले ।
त्यस्तै, ५५ वर्ष माथिको एकलमा बिदुर विष्टले अर्का पोखरेली खेलाडी विष्णु गुरुङ्गलाई ८–१ ले पराजित गरे । ३५ वर्ष माथिको डबल्समा राजु श्रेष्ठ र कमल भण्डारीको जोडिले गोपाल मानन्धर र चन्द्र शाहिको जोडिलाई ६–३,६–३ ले पराजित गर्दै उपाधी आफ्नों नाम गराए । ४५ वर्ष माथिको डबल्समा राजु श्रेष्ठ र चन्द्र शाहिको जोडिले मनोज राणा र झ्याम्पा ढुण्डुपको जोडिलाई ६–३,६–४ ले पराजित गरेका थिए ।
यसैविच ३५ वर्ष माथिका विजेता महेश श्रेष्ठ र ४५ वर्ष माथिका विजेता प्रताप मोक्तानले प्राप्त गरेको उपाधी राशि क्रमश १५ र १० हजार पोखरा रंगशालाभित्र बन्दै गरेको टेनिस कोर्टलाई तथा ४५ वर्ष माथिका उपविजेता उत्तम लामाले ५ हजार रुपैयाँ बल ब्वाईलाई प्रदान गरे ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कुमार मोहनबहादुर शाहि, शिक्षाविद्ध जर्ज जोन, कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष तथा युवा उद्यमी रोशन केसी, संघका अन्य पदाधिकारीहरु दोर्जे लामा, अनिल तुलाचन, लगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए । आयोजक कास्की जिल्ला टेनिस संघ र पस्र्याङ्ग टेनिस क्लवका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा सम्पन्न समारोह टेनिस खेलाडी राजन पौडेलले सञ्चालन गरेका थिए । सो समारोहमा प्रतियोगिता सफल पार्न सहयोग पु¥याउनेहरु वल्र्ड लिंकका अनुज बाँस्तोला, एसओएस मेनपावरका राजु श्रेष्ठ, संघका सदस्य राजु गुरुङ्ग, टुर्नामेण्ट डाइरेक्टर शरद लामा लगाएतलाई मायाको चिनोले सम्मानित गरिएको थियो ।