पोखरा, १४ पौष/गण्डकी ट्रक यातायात व्यवसायी संघ पोखराले राहत तथा छात्रवृति वितरण गरेको छ । संस्थाको ३३ औं स्थापना दिवस तथा बार्षिकोत्सवको उपलक्षमा एस.एल.सी पार गरेका र संस्थामा आवद्ध व्यक्तिहरुलाई राहत तथा छात्रवृति वितरण गरेको हो । बार्षिकोत्सव कार्यक्रममा एस.एल.सी पास गर्ने मजदुरका छोराछोरी मध्ये प्रतिक खनाल र राधिका सुवेदीलाई १०–१० हजारको छात्रवृति प्रदान गरिएको हो ।
त्यस्तै संघस“ग आवद्ध भएका सदस्यहरुको मृत्यु भएका दुई परिवारलाई ५० हजारका दरले साहु राहत कोषबाट सहयोग गरिएको संस्थाका अध्यक्ष कृष्णहरि जिसीले जानकारी दिए । मृतक रुपवहादुर खत्री(ईन्द्र)को बुकुनी खत्री र नत्रवहादुर पौडेलको रमा पौडेललाई राहत रकम हस्तारन्तरण गरिएको छ । त्यस्तै संघले रक्तदान कार्यक्रम पनि गरेको छ । रक्तदानमा २२ यूनीट रगत संकलन भएको संस्थाका महासचिव डिल्ली राम भटराईले जानकारी दिए । रत्तदानको संघका संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सेनाले कोषाध्यक्ष रामकृष्ण खनाललाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा चारवाट विस्थापन गरिएको ट्रकको क्षत्रीपूर्ति स्वरुप एक लाख ५० हजार रुपैया“ पनि प्रदान गरिएको छ । रकम ग १ ख ६५१ का सुरेन्द्ररमण पराजुली, ग १ द ६२२ का दिलबहादुर रानाभाट, ग १ ख ५१६ का सेक भोला र ग १ ख १७५२ का मेनुका पुनलाई प्रदान गरिएको हो । संघले सहयोगका कार्यंक्रमलाई निरन्तरता दिनेपनि जनाएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सेनाले अब बन्ने संविधानमा यातायात व्यवसायिहरुको हक अधिकारलाई समेटेर निर्माण गरिनुपर्नेमा जोड दिए ।