पश्मिाञ्चलकै पहिलो सुविधायुक्त ल्याब्रोटरी पोखरामा

निजी क्षेत्रको ३ करोड लगानी
सुरेन्द्र पौडेल
पोखरा, १४ पौष/पोखरामा विश्वकै उत्कृष्ट अत्याधुनिक प्रविधि सहितको सुविधायुक्त प्रयोगशाला निजी क्षेत्रको करिव ३ करोड लगानीमा स्थापना गरिएको छ । १५ वर्ष भन्दा वढी पोखराका विभिन्न अस्पतालहरुमा प्रयोगशाला सञ्चालनको अनुभव बटुलेका प्रयोगशाला विज्ञहरुको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रियस्तरको युनाइटेड रेफरेन्स ल्याब्रोटरी प्रा.लि. पोखराले आइतबारदेखि सेवा सुभारम्भ गरेको हो ।

URLविगतको भन्दा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सुरुवात भएको प्रयोगशाला सामान्य प्रकृतिका परीक्षणमा लक्षित नभइ पोखरामा हुन नसकेका तथा पोखरा बाहिर परीक्षणको लागि गइरहेका नमुनाको परीक्षणमा केन्द्रित हुने प्रयोगशालाका अध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए । ‘विज्ञानको विकाससंगै गुणस्तरीय सेवामा समेत बृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रयोगशाला सञ्चालनमा आएको हो’ उनले भने ।

हरेक रोगका प्रारम्भिक अवस्थामा नै परीक्षण गरी बिरामीको उपचारमा सहयोग गरिने कम्पनिका प्रवन्ध निर्देशक ठाकुर पन्तले बताए । ‘परीक्षणको लागि नमुना विदेश पठाउनु पर्ने झन्झट तथा अधिक शुल्कको मारबाट सेवाग्राहीलाई छुटकारा दिनेछौं’ उनले भने, ‘अन्य प्रयोगशालाको तुलनामा गुणस्तरीय, छिटो र सर्वसुलभ सेवा उपलब्ध हुनेछ ।’ प्रयोगशालामा होलवडी टेष्ट, क्यान्सर, मुटु, मिर्गौला, कलेजो, थाइराइड, नशा लगायतको अति विशिष्ट परीक्षणको सुविधा उपलब्ध हुने बताइएको छ । सेवा सञ्चालनको पहिलो महिनामा मधुमेह जाँच निःशुल्क गरिने पन्तले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा गरिव तथा असहाय बिरामीहरुलाई निःशुल्क सेवा प्रदान गरिने बताइएको छ । सामाजिक क्षेत्रमा संलग्न व्यक्ति तथा उनीहरुका परिवारका सदस्यहरुलाईसमेत विशेष छुट दिने प्रवन्ध निर्देशक पन्तले जानकारी दिए । पोखरामा स्थापित ल्याबहरुलाई थप सहयोग गर्ने, पोखरामा नभएका र हुन नसक्ने परीक्षण सेवा उपलब्ध गराउने तथा अत्याधुनिक र उत्कृष्ट प्रविधिबाट गुणस्तरीय सेवा प्रयोगशालाबाट उपलब्ध हुने कम्पनिका ल्याब साइन्टिफिक अफिसर भुपेन्द्रराज पाण्डे बताए ।

उत्कृष्ट रासायनिक पदार्थ, दक्ष जनशक्ति, अत्याधुनिक एवं उत्कृष्ट प्रविधिको प्रयोग तथा वैज्ञानिक प्रसोधन उपलब्ध भएकाले सेवा गुणस्तरीय हुने बताइएको छ । प्रयोगशालामा प्रयोग भएका सवै मेशिनहरु उत्कृष्ट र अत्याधुनिक रहेको कम्पनिको दावी छ । बिरामीको रगत निकाल्नको लागि प्रयोग गरिने भ्याकु ट्रेनर प्रविधिबाट एकै पटकमा आवश्यकता अनुसारको रगत निकाल्न सकिने पाण्डेले जानकारी दिए ।

कमेन्टहरु
Loading...