पोखरेली उद्योगी÷ब्यवसायीको टोली कलकत्तातर्फ

पोखरा,१४ पुस । पोखराका उद्योगी÷ब्यवसायीको टोली भारतको कलकत्तामा भई रहेको औद्योगिक ब्यापार मेलामा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा उद्योग बाािण्ज्य संघका महासचिव नारायण कोइरालाको नेतृत्व रहेको टोलीले पश्चिम बंगाल नेसनल च्याम्बर अफ कमर्सले आयोजना गरेको २६ औँ औद्योगिक ब्यापार मेलाको अवलोकन र बंगाल उद्योग बाणिज्य संघका पदाधिकारीसँग द्धिपक्षीय लगानी र ब्यवसाय प्रवद्र्धनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीलाई एक कार्यक्रमकाबीच पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले बिदाई गर्नुभयो । उहाँले भ्रमणको सफलताको कामना गर्दै नयाँ कुरा सिक्न र भ्रमणपछि नयाँ लगानीको सोच बनाउन भ्रमण टोलीका सदस्यहरुलाई आग्रह पनि गर्नुभयो । कलकत्ताको मिलन मेला मैदानमा पुस १२ गतेबाट मेला सुरु भएको हो । मेला पुस २२ गतेसम्म चल्नेछ । भ्रमण टोलीले १ हप्तामा मेलाको अलावा कास्मिर र अन्य क्षेत्रको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका महासचिव सुरेश श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य धनीराम बराल, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा तथा ब्यवसायीहरु बाबुराम पाठक, डम्मरसिँह गुरुङ, आषिश गुरुङ, प्रकाश श्रेष्ठ र गणेश थापा रहनुभएको छ ।

कमेन्टहरु
Loading...