ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारीको दोश्रो साधारण सभा

पोखरा–१३, मंसिर/ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै कास्की क्षेत्र नं. २ बाट विजयि सभासद शारदा पौडेलले समयमै संविधाननिर्माणको लागि आफूहरु प्रतिबद्ध भएर लाग्ने वचनबद्धता दिनुभयो ।संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रममा राजेन्द्र कुमार कुँवर, ढिकुरपोखरी समाजका सल्लाहकार लोकनाथ भण्डारी, ट्याक्सी इकाई समितिका वरिष्ठ उपाध्यक्ष एवं शेयर सदस्य बाबुराम अधिकारी लगायतले आ–आफना धारणा राख्नुभएको थियो ।सोही सभामा संस्थाका सचिव इन्द्र पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गौतम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको हाल १२ लाख ३० हजार शेयर पुँजी, १८ लाख ८१ ह्जार ९ सय १९, बचत संकलन, २८ लाख ६७ हजार ८ सय २२ ऋण लगानी रहेको जानकारी गराईएको थियो । सहकारीमा हाल १२३ जना शेयर सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...