पोखरा १३ पुस। अनन्त विभुषित ज्योतिष पिठाधिश वदरिका आश्रम जगतगुरु शंकराचार्य स्वामी माधवाश्रम जी महाराज कास्कीको हेमजा गाविसमा आउनुभएको छ । आईतबार कास्कीको हेमजा गाविस वडा नं.८ मा रहेको तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिरको स्थलगत निरिक्षण गर्न उहाँ हेमजा आउनुभएको हो ।उहा शनिबार नै यति यरलाईन्सबाट पोखरा आउनुभएको थियो । उहाँलाई अभिनन्दन तथा समुद्घाटन समारोह मुल आयोजक समिति एवम् रुद्रमहादेव मन्दिर निर्माण तथा व्यवस्थापन समिति हेमजाले भव्य स्वागत गरेको थियो । उहाँले समितिले पोखरा एरपोर्टदेखि नै पोखरा नगर परिक्रममा गर्दै हेमजा आएर भव्य स्वागत गरेको थियो । स्वगत कार्यक्रममा उलेख्य रुपमा सहभागिता रहेको थियो ।
स्वागत कार्यक्रममा हेमजाका विभिन्न संघ संस्थाका प्रतिनिधि आमासमूहका प्रतिनिधि राजनितिकदलका प्रतिनिधि समाजसेवी वुद्धिजिविको सहभागिता रहेको थियो । स्वागत कार्यक्रममा वाजागाज, भजन झाकी सहित सहभागिता जनाएका थिए । जगतगुरु शंकराचार्य स्वामी माधवाश्रम भोली सम्म हेमजामा रहनुहुनेछ । उहाँ शनिबार हेमजा–८ मेलवट मणिमा रहेको गोरखनाथ तथा उत्तरकाली मन्दिरमा वस्ने प्रवन्ध मिलाइएको छ ।
आईतबार हेमजा गाविस वडा नं.८ मा रहेको तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिरको स्थलगत निरिक्षण गर्नुको साथै त्यहा स्थापना गरिने मन्दिरको शिलन्यास गरिने कार्यक्रम रहेको छ । उहाँले भोली नै हेमजा–८ मेलवट मणिमा रहेको गोरखनाथ तथा उत्तरकाली मन्दिर परिसरमा निर्माण गरिएको आश्रमको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँले अभिनन्दन गरिने कार्यक्रम समेत रहेको छ।
व्यासाचार्य धर्मगुरु किशोरकुमार गौतम र लमज’·का प”र्णबहद’र क’वरको पहलमा जगतगुरु शंकराचार्यला स्वामी माधवाश्रमलाई ल्याउन लागिएको हो ।
कार्यक्रमलाई सफल बनाउनका लागि रुद्रमहादेव मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कुँवरको अध्यक्षतामा मुल आयोजक समिति समेत गठन गरिएको छ । तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिरको धार्मिक तथा पर्यटकिय रुपमा विकास गर्नका लागि उहाँलाई हेमजामा ल्याईएको आयोजकले जनाएको छ । तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिर रहेको स्थानबाट हिमालको दृश्य अवलोकन गर्न समेत सकिन्छ । तिव्रेकोट प्राचिन रुद्रमहादेव मन्दिर समुन्द्री सतहबाट एक हजार चार सय ५० मिटरको उचाईमा रहेको छ । जगतगुरु शंकराचार्यलाई आईतबार विहान ८ वजेदेखि भेट गर्ने व्यवस्था समेत मिलाईएको छ ।