सागर राज तिमिल्सिना
पोखरा, १३ पौष/दुई वर्षदेखि पोखराको घारीपाटनमा संचालन हुँदै आएको चचहुई फनपार्कमा सुविधा सम्पन्न रिसोर्ट समेत थपिएको छ । बालबालिकासहितको परिवारलाई लक्षित गरी दक्षिण एसियामै सम्भवता पहिलोपटक पोखरामा फनपार्कसहितको रिसोर्ट संचालन गरिएको हो । दिनेश प्रसाईं र प्रतित्री प्रसाईंले पोखराको घारिपाटनमा रहेको १८ रोपनी जग्गामा १५ कोठाको रिसोर्ट समेत सन्चालन गरेका थिए ।
पोखराको पर्यटन क्षेत्रमा अन्य उमेर समूहका लागि हालसम्म ७० अर्बभन्दा बढीे लगानी गरिएको भए पनि बालबालिकालाई लक्षित गरी मनोरञ्जनस्थलको अभाव पुरा गर्न फनपार्क रिसोर्ट संचालनमा ल्याएको चचहुई फनपार्क रिसोर्टका संचालक डा दिनेश प्रसाईले बताए । प्रत्येक कोठाबाट अन्नपूर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य र प्रतिविम्ब हेर्न पाइने भएकाले यो स्थान सबैको आकर्षक गन्तब्य हुने उनले बताए ।
पार्कमा एक सय ८० मिटर लम्बाईको ट्रयाकसहितको रेल, फ्लाइङ चेयर, बञ्जि ट्रयाप्लिङ, मेरिगो राउण्ड मात्र नभएर एक्वा पार्क, स्वीमिङ स्प्लास, आर्केङ गेम राखिएको छ । पार्कभित्रै थिएटरको सभाव सम्मेलनका लागी सभाहल समेत रहेको उनले बताए । पार्कमा आउनेहरुलाई लÔित गरी भित्रै सुविधासम्पन रेस्टुरा“ पनि संचालन गरिएको छ । अभिभावक भिडियो गेम, रेस्टुरा“ र पुलमा रमाउन सक्ने उनले बताए ।
नेपालभरीकै पर्यटकीय गन्तब्य पोखरा भएकोले पार्कको लागि पोखरा रोजेको प्रसाई दम्पतीको भनाइ छ । नियमित रुपमा आउनेलाई छुटका साथै आवश्यकता अनुसार प्याकेजको ब्यवस्था समेत रहेको बताइन् । दुई बालबालिका सहितको परिवार रिसोर्टमा बस्न चाहेमा एक रातको बसाइ र बिहानको ब्रेकफास्टको लागि नेपालीका लागि चार हजार ५ सय रुपैयाँमा उपलब्ध हुने बताए । करिब दुई करोडको लगानीमा उक्त रिसोर्ट सन्चालन लाएको उनले बताए ।