नेपालले वान–डे अन्तर्राष्ट्रियको मान्यता कायमै राख्छ: मुख्य प्रशिक्षक वाट्मोर

काठमाडौं । नेपालले वान–डे अन्तर्राष्ट्रियको मान्यता कायमै राख्ने मुख्य प्रशिक्षक डेभ वाट्मोरले विश्वास गरेका छन् । हालै मात्र नेपालको मुख्य प्रशिक्षक नियुक्त उनले बिहीबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसहित पत्रकारमाझ उपस्थित वाटमोरले नेपाल आउन पाउँदा खुसी लागेको बताए । उनले मुख्य प्रशिक्षक च्यालेन्ज भएपनि यसले जहिले उत्साहि बनाउने बताए ।
उनले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘नेपाल ओडीआई देश हो, आश छ, त्यो हामी रिटेन गर्छौं ।’

नेपालले १ चैत २०७४ (१५ मार्च २०१८) मा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

कमेन्टहरु
Loading...