पुनको नेतृत्वमा कार्यसम्पादन समिति गठन

पोखरा, १३ पौष /राप्रपा नेपाल कास्कीले शनिबार जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको सांगठानिक संरचनालाई मजबुत बनाउन गठन गरिएको समितिको सह–अध्यक्षमा बरुणविक्रम राणा रहेका छन् ।

त्यसैगरि वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर बस्नेत, पार्टी उपाध्यक्षमा भोलाजङ्ग सुवेदी र परमेश्वर बस्ताकोटीलाई राखिएको छ । पार्टी नेतामा रमेशबहादुर भट्टराई, प्रजातान्त्रिक युवा मोर्चा गण्डकी अञ्चल संयोजकमा प्रेमबहादुर मल्ल र पार्टी उप–नेतामा डा.भिमसेन गुरुङ रहेका छन् ।

त्यसैगरि समितिमा क्षेत्रीय अध्यक्षहरु नारायण सुवेदी, दण्डीराज आचार्य, कृष्णराज अधिकारी, जिवन कुँवर रहेका छन् र सह–कोषाध्यक्ष गिता गुरुङ रहेकी छिन् । शनिबार सम्पन्न नियमित बैठकले जिल्ला देखि स्थानीय तवरमा रहेका विभिन्न कार्यसमितिहरुलाई सक्रिय बनाएर अगाडि बढाउने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...