पोखरा । नेपालमा थप ३ सय १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ सय १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय १२ जना महिला तथा २ सय ६ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार १२ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ३ सय ८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप ६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ९ सय ७५ जना पुगेको छ । हाल नेपालमा ८ सय २९ जना कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै १ सय ६५ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा ३३ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै मुगु, भोजपुर, कालिकोट तथा रुकुम पश्चिम सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।