भारतले प्रदान गरेको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

काठमाडौं । नेपाललाई भारतले कोरोना भाइरस संक्रमणविरुद्धको खोप १० लाख डोज अनुदान स्वरुप उपलब्ध गराउने भएको छ ।

भारतले अनुदान स्वरुप उपलब्ध गराउने उक्त खोप नेपालमा भोलि नै आउने आज स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदुत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएका हुन् । आफ्नो छिमेकी मुलुकलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउन सुरु गरेकोमा भारतले आज माल्दिम्स तथा भुटानलाई खोप पठाइसकेको छ । त्यस्तै शुक्रबार म्यानमार र सिसेल्सलाई खोप उपलब्ध गराउने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलेनमा जानकारी दिइएको हो ।

स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार भारतबाट ल्याइएको कोरोना भाइरस संक्रमणविरुद्धको खोप पहिलो चरणमा उक्त भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्सचालक तथा सुरक्षाकर्मीलाई दिइने छ ।

कमेन्टहरु
Loading...