पोखरा । गण्डकी प्रदेशमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । नवलपरासी पूर्व जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर १३ का ५५ वर्षीय कोरोना संक्रमितको ज्यान गएको हो ।
उनको माघ ६ गते हिजो उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा निधन भएको अस्पतालले जानकारी दिएको छ । मृतकलाई पुस २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय पुगेको छ ।