ल्होसारको अवसरमा नेतवि छोँज धीं भद्रकाली उच्च मावी इकाइ समितिको विविध कार्यक्रम

पोखरा १२ पौष /नेपाल तमु विद्यार्थी छोँज धीं भद्रकाली उच्च मावी इकाइ समितिले तमुहरुको महान पर्व त ल्होसारको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिले शुक्रबार त ल्होसार २०७० को अवसरमा शुभकामना आदान प्रदान तथा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दल बहादुर गुरुङले तमु समुदाय शिक्षा भन्दा लाहुरे प्रथालाई प्रथामिकता दिएको भन्दै यसलाई विस्तारै परिवत्र्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा पुरा हुना नपाउदै युवाहरु लाहुरे हुन लागिपर्ने दावी गर्दै यस प्रवृत्तिले देशको उच्च तहमा तमुहरु पुग्न नसकेको जिकिर गर्नुभयो । उहाँले तमु समुदाय नै लाहुरेमुखी रहेकाले यसलाई परिवत्र्तन गर्न समाज शिक्षित हुन जरुरी रहेको बताउनुभयो । अध्यक्ष गुरुङले तमुहरुको संस्कार, सँस्कृति संरक्षणमा युवाहरुको भुमिका उल्लेख्य हुने दावी गर्नुभयो ।

त्यसैगरि भद्रकाली उच्च मावीका प्रचार्य घनश्याम रिजालले सँस्कृतिको जगेर्ना गर्न विद्यार्थीहरुले ठुलो भुमिका खेल्न सक्ने दावी गर्नुभयो । उहाँले देश विविध धर्म सँस्कृतिले धनी रहेकाले सम्पुर्ण संस्कार सँस्कृतिको संरक्षण गर्ने जिम्मेवारी नवपुस्ताको रहेको बताउनुभयो । कार्यक्रममा नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष रिम गुरुङले सम्पुर्ण विद्यार्थीहरु एकजुट भइ अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले एकजुट हुन नसक्दा तमु विद्यार्थीहरुमा भएका प्रतिभाहरु प्रस्फुटन हुन नपाएको भन्दै एकजुट भइ अगाडि बढे सँस्कृतिको संरक्षणमा टेवा पुग्ने दावी गर्नुभयो ।

कमेन्टहरु
Loading...