समानताको ब्यवहार घरपरिवारबाटै लागु गर्न आवाश्यक

पोखरा, १२ पौष/महिला र पुरुषविच समानता कायम गर्न घरपरिवारबाटै समानताको ब्यवहार लागु गरिनुपर्ने एक कार्यक्रमका बतहरुले बताएका छन् । पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाािण्ज्य महासंघको संयुतm आयोजनामा पोखरामा आयोजना गरिएको जेन्डर म्यानुअल पाईलोटिङ विषयक कार्यशाला बैठकमा बोल्ने बताmहरुले सो कुरा बताएका हुन् ।

उनिहरुले घरपरिवारमा अवलम्बन गरिने संस्कार र संस्कृतिबाट नै असमानताका ब्यवहारहरु हुने गरेको बताउदै समाजका हर निकाय र संस्था लैङिगकमैत्री हुन आवाश्यक रहेको कुरामा जोड दिएका थिए । नेपाल उद्योग वाणिज्य संघका तालिम शाखा प्रमुख शकुन्तला राईले निजि क्षेत्रमा उतपादनशिलता बढाउन निजि क्षेत्रसंग आबद्ध ब्यतिmहरुविच लैङिगक मैत्री बातावरणको टड्कारो आबाश्यकता रहेको बताईन ।

श्रोत ब्यतिm विष्णु खत्री र रविन मल्लले गोष्ठिमा सहजीकरण गरेका थिए । गोष्ठिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीबबहादुर कोईराला, महिला विकास समिति प्रमुख हिरा भटटराई , पत्रकार शुष्मा पौडेल लगायतले बोलेका थिए । एक दिने गोष्ठिमा पोखराका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...