न्युज ट्वान्टी फोर टेलिभिजन बन्द

news24_npकाठमाडौं १२ पुस । प्रशारण कम्पनीलाई पैसा बुझाउन नसकेपछि न्युज ट्वान्टी फोर टेलिभिजन बन्द भएको छ । स्याटलाइट प्रयोग गरे वाफत पैसा बुझाउन नसकेपछि टिभि बन्द भएको हो । यसअघि न्युज ट्वान्टी फोर टेलिभिजनले नै सन्चालन गर्दै आएको मनोरन्जनात्मक टेलिभिजन ‘ई–ट्वान्टी फोर’ पनि आर्थिक संकटको कारण बन्द भएको थियो ।

न्युज ट्वान्टी फोर टेलिभिजनले स्याटलाइट प्रयोग गरेवाफत थाईकमलाई झण्डै १ करोड रुपैयाँ बुझाउन बाँकी छ । यसअघि पैसा बुझाउन ताकेता गरेपछि व्यवस्थापन पक्षले १० लाख रुपैयाँ बुझाएको थियो । थप रकम बुझाउन नसकेपछि कम्पनिले प्रसारण नै रोकिदिएको हो । यसअघि नेश्नल टेलिभिजन पनि स्याइटलाइट प्रयोग गरेवाफतको पैसा बुझाउन नसकेपछि बन्द भएको थियो ।

कमेन्टहरु
Loading...