काठमाडौंमा आजदेखि पार्किङ पैसा लाग्दैन

काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिकाले पूर्वघोषणा गरेअनुसार निःशुल्क पार्किङ कार्यान्वयनमा आउने भएको छ । पुस १ गतेदेखि कार्यान्वयन गर्ने भनिएको निःशुल्क पार्किङविरुद्ध परेको रिटलाई पुनरावेदन अदालत पाटनले खारेज गरेको छ ।

न्यायाधीशद्वय शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले रिट खारेज गर्दै निःशुल्क पार्किङ कार्यान्वयमा बाटो खोलेको छ । काठमाडौं महानगरपालिकाका राजश्व महाशाखा प्रमुख महेश काफ्लेले पूर्वघोषणाअनुसार काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थलमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जानकारी दिए ।

parking

महानगरका सार्वजनिक क्षेत्रमा अब पार्किङ शुल्क लाग्दैन, काफ्लेले  भने, पार्किङ शुल्क लिनेलाई कारबाही गर्छौं । उनले महानगरपालिकाले अनुगमन संयन्त्र बनाएर निर्णय कार्यान्वयन गर्ने बताए । महानगरपालिकाले पुस १ गतेदेखि लागू हुने गरी निःशुल्क पार्किङको निर्णय गरे पनि जय बंगलामुखी सप्लायर्सका सञ्चालक विनोद शाक्यले नगरपरिषद्को बैठक नबसी कार्यकारी प्रमुखले एकलौटी पार्किङ शुल्क हटाउने निर्णय गरेको दाबी गर्दै पुनरावेदनमा रिट दायर गरेका थिए ।

पुनरावेदनले पार्किङ शुल्क हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका कारण कार्यान्वयन हुन सकेको थिएन ।

कमेन्टहरु
Loading...