धुव्रेलाई नमारी विकल्प खोज्नुपर्छ

पोखरा, ५ पुस/धुर्वे हात्तिलाई मार्नु भन्दा अन्य कुनै विकल्पको खोजी गरि उचित व्यवस्थापन गर्नुपर्नेमा पृथ्वीनारायण क्याम्पसका कानुन अध्ययन गर्ने विद्यार्थीहरुले जोड दिएका छन् । चितवन जिल्ला प्रशासनले मान्छे मार्दै हिँड्ने धुव्रे हात्तिलाई मानुपर्छ भन्ने निर्णयमाथि वहश गर्दै विद्यार्थीहरुले विहिबार संरक्षित जनावरलाई मार्ने कदम गलत भएको निष्कर्श निकालेका छन् ।
वहशमा आफ्नो तर्क राख्दै एनिमल राईट्स नेपालका अध्यक्ष कृष्णमणि बरालले राज्य नागरिकको संरक्षण गर्ने अभिभावक हुनुका साथै जनावरको संरक्षण गर्ने निकाय समेत भएकोले जनावरलाई मार्न नहुने बताए । ‘जनावरको संरक्षण गर्नु हामी सबैको दायित्व पनि हो ।’ उनले भने–‘त्यसैले धुव्रेको हकमा पनि कुनै विकल्प सोँच्न आवश्यक छ ।’ वहश कार्यक्रममा विद्यार्थीहरुले पनि धुव्रेलाई मार्न हुने नहुने भन्ने विषयमा आ–आफ्ना तर्कहरु प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...