नेपालमा बन्यजन्तुको पनि अस्पताल

काठमाडौं, १२ पुस । घाइते र रोगी वन्यजन्तुको उपचारका लागि नेपालमा पहिलोपल्ट वन्यजन्तु अस्पताल बन्ने भएको छ । अमेरिकाको डेन्भर जुको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले चितवनको सौराहामा वन्यजन्तु अस्पताल निर्माण गर्ने भएको हो ।

वन्यजन्तु अस्पताल नहुँदा घाइते तथा दुर्लभ वन्यजन्तुको उपचार हुन सकेको छैन । सदर चिडियाखाना र जैविक विविधता संरक्षण केन्द्र, सौराहा र चितवन निकुञ्जमा वन्यजन्तुको उपचार गर्न सक्ने सीमित विशेषज्ञहरू भने छन् ।  अस्पताल बनाउन लाग्ने करिब डेढ करोड रुपैयाँ डेन्भर जुले सहयोग गर्ने सहमति भएको छ । नेपाल भ्रमणमा आएका डेन्भर जुका पदाधिकारी र कोष पदाधिकारीबीच यसै साता अस्पताल बनाउनेसम्बन्धी सहमति भएको हो ।

वन्यजन्तु अस्पताल निर्माणमा सहयोग गर्ने मोटामोटी सहमति भएको छ, कोषका सदस्यसचिव गोविन्द गजुरेलले कान्तिपुरसित भने, डेढ करोड लाग्ने प्रारम्भिक अनुमान छ । अस्पताल निर्माणार्थ लाग्ने लागत सहयोग सम्बन्धमा छिट्टै कोष र डेन्भर जुबीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । जुका उपाध्यक्ष बे्रन अउकोनलगायतको टोलीले यसै साता कोषका सदस्यसचिव गजुरेललगायतका पदाधिकारीसँग छलफल गरेको थियो ।

कोषले नेपालका लागि पूर्वअमेरिकी राजदूत माइकल ई। मालिनोस्की, अमेरिकाको ह्युमेनिक सोसाइटी इन्टरनेसनलुका अध्यक्ष एन्ड्रियु रोवान र अन्तर्राष्ट्रिय सल्लाहकार तथा कोषका पूर्वपदाधिकारी हेमन्द मिश्रलगायतसँग पनि सहयोगबारे छलफल गरेको थियो ।

12यसैबीच, विगतमा कोषलाई आर्थिक सहयोग जुटाउन सक्रिय भूमिका खेलका कोषका अमेरिका, युके, फ्रान्स, डेनमार्क र जापान च्याप्टरसँग सम्बन्ध विस्तार गर्न पहल सुरु गरेको छ । विदेशमा रहेका विभिन्न सहयोगी च्याप्टरसँग टुटेको सम्बन्धलाई फेरि गाँस्ने र सहयोग जुटाउने पहल थालेको छु गजुरेलले भने, निष्त्रिmय रहेका कोषका विदेशी कार्यसमिति सदस्यहरूसँग पनि छलफल सुरु भएको आजको कान्तिपुर दैनिकले छापेको छ ।

तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष छँदा अध्यक्ष रहेका ज्ञानेन्द्र शाहका पालामा अमेरिका, युके, जापान र डेनमार्क च्याप्टरले कोषका कार्यक्रम सञ्चालनार्थ व्यापक मात्रामा आर्थिक सहयोग जुटाउने गरेका थिए । कोषमा पारस शाह अध्यक्ष भएपछि भने विदेशमा रहेका कोषका सहयोगी च्याप्टर निष्क्रिय हुन थालेका हुन् । स्रोत जुटाउन विगतमा सहयोग गर्ने निकायसँग सम्बन्ध विस्तार गर्न सकिए नयाँ कार्यक्रम सञ्चालनमा सहयोग पुग्नेछ,उनले भने ।

कमेन्टहरु
Loading...