टान पोखरा कार्यालयमा लागेको ताला खुल्यो,

सागर राज तिमिल्सिना
पोखरा,११ पौष/ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) क्षेत्रिय च्याप्टर पोखरा कार्यालयमा बुधबार लागेको तालाबन्दी आज (विहिबार) देखि खुलेको छ । मजदुरहरुको मागलाई पुरा गर्ने गरी सहमती भए पछि टान कार्यालयमा लागेको तालावन्दी एक दिन पछि विहिबारदेखि खुलेको हो ।taanपथ पर्दशक (पर्यटक गाईड) मजदुरका मागका विषयमा गएराती १२ बजेसम्म बसेको एक टोलीले सहमति जनाए पछि मजदुहरुले एक महिनाको लागि आन्दोलन स्थगीत गरेको नेपाल ट्रेकिङ ट्राभल, ¥याफ्टिङ्ग, एयरलायन्स मजदुर संगठन (युनिट्राभ) का पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष विजय के.सीले बताए । एक महिनाभित्र आफुहरुका धेरै मागहरु लागु नभए पुन आन्दोलनमा जाने केसीले चेतावनी दिएका छन ।

मजदुरको विमा सम्बन्धि प्रभावकारी बनाउने जसमा घाईतेको हकमा ४ लाखसम्म र मृत्यु भएको खण्डमा ५ लाखसम्मको विमा हुनु सहमति भएको केसीले जनाए । अन्नपुर्ण क्षेत्रमा रहेको सेञ्चुरी लज व्यवसायी समितिले दुई बर्षसम्म कुनै पनि मुल्य बृद्धि नगरी यथावत मुल्य लिने, मजदुरको ज्याला, तलव, चेक पोष्ट सम्बन्धि कार्यदल बनाएर टुंगो लगाउने सहमति भएको केसीले जनाए ।

नेपाल ट्रेकिङ ट्राभल, ¥याफ्टिङ्ग, एयरलायन्स मजदुर संगठन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संघ (क्रान्तिकारी), अखिल नेपाल पर्यटन मजदुर संघ र नेपाल श्रमिक पर्यटन मजदुर संघले ६ बुँदे माग सहित संयुक्त रुपमा टानको कार्यालयमा तालाबन्दी गरेका थिए । विभिन्न संस्थामा आबद्ध भएका करीब एक हजार पथ पर्दशक मजदुरहरु पोखरा क्षेत्रमा रहेको बताईन्छ ।

यसैबिच ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल टान पश्चिमाञ्चल पोखराका अध्यक्ष नारायण सापकोटाले मजदुरहरुको धेरै माग जायज भएकोले आफुहरु गम्भीर भएकोले राति बसेर नै सहमति गरेको बताए । उनले मजदुरको केही माग राज्यसँग सम्बन्धित भएकोले त्यस बिषयलाई राज्यको निकायसंग बसेर छलफलबाट टुंगाउने प्रयास गर्ने बताए ।

कमेन्टहरु
Loading...