पोखरा, पुस ११ /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सिद्ध गाविसमा सञ्चालन गरिएको स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्यको अधिकार विषयमा सञ्चारकर्मी र स्थानीय समुदायवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल परियोजना अन्तरगत इन्सेक क्षेत्रीय कार्यालयले सिद्ध गाविसमा विगत एक वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।इन्सेकद्वारा कार्यक्रम सञ्चालन गरेपछि गाविसमा के उपलब्धी रह्यो भनि सञ्चारकर्मीले सोधेको जिज्ञासामा स्वास्थ्यकर्मी नियमित भएको, अधिकारका बारेमा सचेतना अभिबृद्धि भएको, गाविसमा निक्षरता उन्नुलन गर्नमा योगदान पुगेको ,सरकारी तहबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधाका बारेमा सजग भएको स्थानीय, कृषि कार्यालयबाट माटो परीक्षण गरिएको लगायतका उपलब्धिका बारेमा समुदायले जानकारी दिए ।
कार्यक्रममा सहभागी स्थानीय समुदायले गाविसमा अधिकारका बारेमा थप सचेतना पु¥याउनका लागि इन्सेकले नियमित रुपमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । इन्सेकद्वारा गठित मानवअधिकार निगरानी समूह सिद्धका संयोजक अमृतबहादुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले इन्सेकद्वारा सञ्चालन गरिएका कार्यक्रमको गतिविधिमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा गाविस सचिव गुरुप्रसाद पोखरेल प्रेस चौतारीका अध्यक्ष श्यामनाथ कुंवर, अन्नपूर्ण पोष्टका संवाददाता ऋषि बराल, आविष्कार दैनिकका समाचारदाता पुरुषोत्तम सुनार, सामुदायिक मेलमिलाप कार्यकर्ता शारदा घिमिरे, ,इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा तथा स्थानीय सुरेन्द्रबहादुर बस्नेत, राजेन्द्र रेग्मी, गोपालशरण रेग्मी, खिमादेवी बाँस्तोला, रामचन्द्र के.सी., नवराज ढुंगाना लगायतले गाविसमा इन्सेकद्वारा कार्यक्रम सञ्चालन गरिएपछि भएका उपलब्धिका बारेमा जानकारी गराएका थिए ।